‘मनमगन’ पछि दिपकको ‘जाम्न माया जाम’ मा साम्राज्ञी र पुष्प (भिडियाे)

शेयर गर्नुहोस
‘मनमगन’ पछि दिपकको ‘जाम्न माया जाम’ मा साम्राज्ञी र पुष्प (भिडियाे)

२८ जेठ, काठमाडौं ।  फिल्म ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।

‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ ।

गायक बज्रचार्य ‘जाम्न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।

गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् ।