सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्यायाे- प्रकाशमान सिंह

शेयर गर्नुहोस
सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्यायाे-  प्रकाशमान सिंह

२९ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको बताएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले कांग्रेस नेता सिंहलाई बोल्न समय दिएका थिए ।

‘संविधानको धारा २९० ले स्पष्ट भनेको छ गुठीको मूल भावनाविपरीत हुने गरी कानुन संशोधन गर्न पाइँदैन,’ उनले भने, ‘गुठीको प्राण उडाउने गरी खराब नियतबाट विधेयक ल्याएको छ। फिर्ता गरी छलफल गरेर मात्रै ल्याउनुपर्छ।’

गुठी विधेयक कसका लागि आएको र सरोकारवालासँग किन छलफल गरिएन? भनेर सिंहले प्रश्न गरे।

सरकारले गुठी प्राधिकरणको नाम दिएर गुठी नियन्त्रणमा लिन खोजेको उनले आरोप लगाए।