पाेखरा अपडेट: प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायर

शेयर गर्नुहोस
पाेखरा अपडेट: प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायर

२९ जेठ, पोखरा । पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीले बताएकाे छ ।