• आज हावाहुरीसहित वर्षाको सङ्केत, सचेत रहन आग्रह

    ९ जेठ, काठमाडौं । आज हावाहुरीसहित बर्षाको सङ्केत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू–भागमा आंशिक बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले अपरान्हपछि हावाहुरीसहितको वर्षा हुने बताएको हो । देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमी र मध्य भूभागमा...

  • मध्यराती लमजुङ केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको भूकम्पको धक्का

    ८ जेठ, काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर मंगलबार मध्यराती भूकम्पको धक्का गएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा ४.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेसीशहर आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुश भएको थियो...

  • कीर्तिमानी आरोही- एक हप्ताभित्र दोस्रोपटक कामिरिता सगरमाथा शिखरमा

    ७ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् । मंगलबार बिहान ६:३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनी अघिल्लो बुधबार...

  • प्रधानमन्त्री ओलीले अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दै

    ६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न...

  • ६५ आरोहीकाे सफल सगरमाथा आरोहण

    ३ जेठ, सोलुखुम्बु ।  बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मंगलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएकाे छ । विभागका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले...

  • कीर्तिमानी कामीरिता- २३ औं पटक सगरमाथाको चुचुरोमा

    १ जेठ, सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् । कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण...

  • नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर

    ३१ वैशाख, काठमाडौं । नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री...

  • देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान

    ३० वैशाख, काठमाडौं ।  आइतबारदेखि मुलुकका विभिन्न भागको मौसममा बदली भएको छ । सोमबार  पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ । पश्चिम र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मध्य तथा पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको...

  • प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा

    २९ वैशाख, काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको ठहरसहित पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आइतबार सरोकारवाला र विज्ञहरूसँग छलफल गर्दैछ । महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार...

  • करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीकाे निर्देशन

    २७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन । अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन । शुक्रबार आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...


1 2 3 75