दरबार हत्याकाण्डको १९ वर्ष


१९ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको सोमबार १९ वर्ष पुगेको छ ।

वि.स. २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै रहेको छ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती लगायतको हत्या भएको थियो ।

नागरिकले इतिहासकै कालो दिनको रुपमा लिँदै आएको यो दिनमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रदाञ्जली अर्पण गर्दै आएका छन् । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बिच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो ।

हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाएको थियो । उक्त समितिले यूवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको भएपनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार