रामजी खाँडको नयाँ गीत र सांगीतिक यात्रा


माघ, काठमाण्डाै । नेपाली लोक दोहोरी क्षेत्रका अति नै लोकप्रिय र सफल गायकहरुको नाम लिनु प¥यो भने अग्र स्थानमा आउने नाम हो , रामजी खाँड ।

बृद्धा देखि युवा पुस्ता सम्म अनि बालबालिका सबैको मनमा अटाएका गायक हुन् रामजी खाँड ।

खाँडले नेपाली लोक दोहोरी क्षेत्रमा यात्रा सुरु गरेको दुई दशक भयो । यो दुई दशक लामो यात्रामा उनले आठ हजार भन्दा धेरै लोक गीतमा आफ्नो स्वर दिईसकेका छन् ।

रामजी खाँडको जन्म स्याङजा जिल्लामा भएको हो । उनको बाल्यकाल स्याङ्जामा सामान्य रुपमा नै बित्यो । गीत गाउने इच्छा बाल्यकाल देखि नै थियो । गीतहरु बाल्यकाल देखि नै गाउँथे ।

उनको सांगीतिक यात्राको सुरुवात बि.सं. २०५६ सालाबाट भएको हो । त्यही बर्ष नै पहिलो पटक काठमाण्डौ भित्रीएका थिए । पहिलो गीत ‘वालीङ बजार’ त्यही साल गाएका थिए । त्यो बेला अहिले जस्तो सुबिधा थिएन, लाइभ गीत गाए ।

अहिलेको सांगीतिक बजारमा रामजी खाँडका धेरै गीतहरु चर्चामा छन् । ‘राजीनामा पास’,‘सिमल छायाँले’,‘तिमी संसार’ जस्ता थुप्रै उनका गीतहरुले लोक संगीतको बजारमा तहल्का मच्चाई रहेका छन् ।

रामजी खाँडका सबै भन्दा चर्चामा रहेका गीतहरु मध्ये केही गीत आकाश जुनकै हो ,यो संसारको रित, धुवाँ सरी ,फुल फुलेर ,छितीज पारी हुन् । यसो त उनका प्राय गीतहरु चर्चामा नै छन् ।

पछिल्लो समय उनको ‘राजीनामा पास’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा स्वरमा रामजी खाँडलाई एलिना चौहानले साथ दिएकी छिन् । सो गीतको शब्द सृजना मणीराज बुढाथोकीले गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा पल शाह र समिक्षा केसीले अभिनय गरेका छन् ।

रामजी खाँडले नेपाली लोकगीत संगीत नेपाली लोक संस्कृतीमय हुनु पर्ने कुरामा जोड दिन्छन् ।नेपाली लाेक गीतमा बिकृती भित्रन दिनुहुदैन भन्ने मान्यता उनको छ ।

अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका द्वितीय उपाध्यक्ष समेत रहेका रामजी खाँडले लोक गीत संगीतमा भएको बिकृती अन्त्यका लागी प्रतिष्ठान लाग्ने बताएका छन् ।

रेडियो काठमाण्डौसँगको कुराकानीमा उनले प्रतिष्ठानले लोक गीत संगीतमा भएको बिकृती अन्त्यका लागी पहल गरिरहेको बताए ।

Photo:रामजी खाँडकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार