१० लाख भन्दा बढिको औषधी बरामद


२६ माघ, काठमाडौं । मोरङ विराटनगर-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ।

कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार