नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु


२ चैत, काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । हिजोबाट सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल हुने क्रम जारी छ ।

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ। यसअघि, हिजोको बैठकबाट पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका थिए । उनले सरकारमा रहेका पार्टीका पदाधिकारीलाई फिर्ता बोलाइएपनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नभएको पनि प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार