गधाकाे दुधबाट बन्छ संसारकै महंगाे पनिर


चैत, काठमाण्डौं । संसारका हरेक मानिसको ‘फुड चेन’मा राम्रा,स्वादिष्ट र महँगा खाद्य पदार्थ रहेका छन् ।

यस क्रममा अति प्रचलित खाध्य पदार्थ पनीर पनि हो । अधिकांश मानिसले पनीरलाई बडो रुचिका साथ खाने गर्छन् ।
यति मात्र हो र !
घरमा कोही पाहुना आएको छ भने उसको आदर सत्कारका लागि पनीर कै तरकारी पकाउने प्रचलन समाजमा व्याप्त रहेको पाईन्छ । जस्तो कि तपाईंहरुलाई थाहा नै छ,

पनीर ‘एनिमल प्रोडक्ट’ हो । पनीर विभिन्न जनावरबाट प्राप्त हुने दुधबाट बनाइन्छ । गाई, भैंसी र बाख्राको दुधबाट बन्ने पनीरबारे तपाईंलाई थाहै होला । तर, के तपाईंलाई थाहा छ त ? सबैभन्दा महँगो पनीर कुन जनावरको दुधबाट तैयार हुन्छ भनेर ?

तपाईंहरुले एक अर्कालाई होच्याउने क्रममा, गाली गर्ने क्रममा, आफू भन्दा कमसल देखाउने क्रममा कति पटक गधा भनी आत्मरति लिनुभयो ?

शायद तपाईंसंग यसको गन्ती पनि नहोला, परी आए तपाईं आफ्नो छेउछाउमा रहेको व्यक्तिलाई पनि गधा भन्न कत्तिपनि पनि अप्ठेरो मान्नु हुन्न । सर्बियामा एउटा यस्तो फार्म हाउस छ जहाँ गधा मात्रै पालिन्छन् ।

जैसाविका नामक यस फार्म हाउसमा पोथी गधाको दुधबाट पनीर बनाउने काम गरिन्छ । फार्म हाउसका मालिक स्लोबोदान सिमिक बताउनुहुन्छ – मेरो फार्म हाउसमा २०० वटा पोथी गधा छन् । म यसको दुधबाट विभिन्न खाद्यपदार्थका साथै पनीर पनि बनाउछु ।

सर्बियाका यी गधा पालक स्लोबोदान आफूले बनाएको पनीरका कारण प्रसिद्ध हुनुका साथै मालामाल समेत भएको सुनाउनुहुन्छ । फार्म हाउसमा बनेको पनीर संसारभरि नै लोकप्रिय भएको छ ।

ठूलठुला खाद्य स्टोरमा उहाँले बनाएको पनीर बिक्री हुनेगर्छ । गधाको दुधबाट बनेको पनीरको बजार भाउ प्रति किलोग्राम १,२५००० हजार देखि १,६०००० रुपैया सम्म रहेको छ । यो विश्व कै सबैभन्दा महंगो मुल्यमा बिक्ने पनीर हो ।

स्लोबोदान सिमिक भन्नुहुन्छ, पोथी गधाको दुध अति लाभकारी एवं पोषिलो हुन्छ, यसमा आमाकै दुधको जस्तो गुण रहेका हुन्छन ।

उहाँको दावी छ म भन्दा पहिला कसैले पनि गधाको दुध बाट पनीर बनाएको छैन उहाँ यस प्रोडक्ट माथी आफ्नो एकाधिकार रहेको दावी गर्नुहुन्छ ।

उहाँका अनुसार पोथी गधाको दुधमा कैसीन प्रोटीन स्तर कम रहेकोले यस बाट पनीर बनाउन गाह्रो हुनेगर्छ ।सामान्यतया दुधमा २ किसिमका प्रोटीन हुन्छन कैसीन र ह्वे प्रोटीन ।

गधाको ’लो कैसीन प्रोटीन’ दुधबाट पनीर बनाउने आइडियाका क्रममा उहाँलाई यसको प्रविधि हात लाग्यो र गधाको दुधबाट पनीर बनाउने सफलता पाएको उहाँ सुनाउनुहुन्छ ।

पोथी गधाले दिने दुधको मात्रा अति कम हुन्छ । सामान्यतया गधाको पोथीले दिनमा एक लिटर दुध मात्रै दिने गर्छ ।

यस कारण उहाँले बनाउने पनीरको मात्रा अति कम रहेको हुन्छ । यस पनीरको उत्पादन कम भएकाले यसको मुल्य चर्को रहेको छ र चर्को मुल्यको बाबजुद पनि यसको लोकप्रियता बढ्दै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार