राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न


८ चैत, काठमाण्डौं । राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।

“लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित शनिबार तेस्रो बार्षिक साधारण सभा सञ्चालन भएको थियो ।

कार्यक्रममा समाजसेबी ब्यक्तित्व, कलाकार र पत्रकारहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुती संगै नृत्य पनि प्रस्तुत गरिएको थियो ।

बन्द शत्र कार्यक्रममा अध्यक्ष रिम बहादुर खत्रीले बार्षिक प्रतिबेदन, महासचिव गुणराज खनालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष, महासचिव र कोषाध्यक्षद्धारा प्रस्तुत गरिएको प्रतिबेदन आयोजक र उपस्थित महानुभावहरुले सर्वसम्मतका साथ पारित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार