नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ


काठमाडाै : प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई कलङ्की तरकारी बजारबाट पक्राउ गरिएको हो । प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतका अनुसार सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले एक हजार दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको दुई थान नोट बरामबद गरेको छ । त्यस्तै प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार