अष्ट्रेलियाको जंगलमा एउटा अनौठो घटना


चैत, काठमाण्डौं । कतिपय घटनाहरु सुन्दा पनि पत्यार नलाग्ने खालका हुन्छन । अष्ट्रेलियाको जंगलमा एउटा अनौठो घटना घटेको छ । पाँच वर्षदेखि जंगलमा हराइरहेको भेडा भेटीए सगैं भेडाको शरीरबाट ३५ किलो ऊन निकालिएको छ । ऊन निकाल्नुअघि उक्त भेडा झण्डै–झण्डै ऊनको गोला जस्तै देखीने भएको थियो । ऊन झिक्नु अगाडि यो भेडा जंगलमा यता–उता गरिरहेको थियो । जब मानिसले यसलाई देखे उनीहरुलाई यो भेडा नभएर ऊनको गोला जस्तै लागेको थियो । जब यसको ऊन निकालियो ऊन देख्दा सबै छक्क परे कारण यो ऊन झन्डै ३५ किलो थियो ।


भिक्टोरियन स्टेट फरेस्टमा यता उता गरिरहेको अवस्थामा मानिसको समूहले यो भेडा देखेका थिए । त्यसपछि यसलाई ‘एनिमल रेस्क्यू सेन्टर’ मा ल्याइएको थियो । उक्त सेन्टरमा नै भेडाको ऊन निकालिएको थियो । भेडाको ऊन निकालिएको भिडियो सामाजीक संजालमा निकै भाइरल समेत बनेको थियो । ऊन निकालिसकेपछि भेडाको स्वरुप नै फेरीएको थियो ।


विगत पाँच वर्ष देखि यो भेडा जंगलमा हराइरहेको थियो । मिशन फर्म सेंचुरीका संस्थापक पाम अहेर्नले यति धेरै ऊन शरीरमा लिएर भेडा बाँचेकोमा विश्वास नै गर्न नसकिने बताउँछन् ।


पामका अनुसार जब यो भेडा सानो थियो त्यही बेला जंगलमा हराएको हुनुपर्छ ,जसका कारण पाँच वर्ष यसको ऊन काटिएको थिएन । शरीरमा धेरै ऊन भएका कारण भेडा राम्रो सँग हिँड्न नसक्ने भएको थियो । शायद यसको ऊन नकाटिएको भए गर्मी भएर यसको मृत्यु पनि हुनसक्थ्यो । तर, यो भेडा अहिले सुरक्षित छ र यसको हेरविचार पनि राम्रो सगं भैरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार