सेयर बजार ३५ अंकले ओराले लाग्यो


५ बैशाख, काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार परिसुचक नेप्से ३५ अंकले घटेको छ । आज ३५.८९ अंकले घटेर नेप्से २६९९ अंकमा झरेको छ ।

कारोबार रकम भने उल्लेख्य बढेको छ । कुल ८ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ । म्युचुअल फण्डबाहेक सबै समूहहरु आज घटेका छन् । भने आज २ कम्पनीको मूल्य करिब १० प्रतिशतले नै बढेको छ ।महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको हो ।

बैंकिङ ३३, ब्यापार १२५, होटल तथा पर्यटन ९२, विकास बैंक ४८, जलविद्युत ३२, फाइनान्स १६, निर्जीवन बीमा १८३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ५०, जीवन बीमा १११ अंकले घटेका छन् । म्युचुअल फण्ड ०.०६ अंकले मात्रै बढेको छ।

दिव्यश्वरी हाइड्रोपावरको मूल्य ९.४ र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार