कोरोना महामारीका विच पनि आर्थिक गतिविधी रोक्न हुन्न -उद्योग मन्त्री


१० बैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति सिर्जना भएको बताउनुभएको छ ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चूनौति र अवसरहरु बिषय अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताउनुभएको हो ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै बिकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उहाले देशलाइ औधोगिकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफुहरु योजना बनाउन लागेको बताउनुभयो । त्यस्तै उहाले कोरोना न्युनिकरण गर्न सरकारले जारी गरेको आदेशलाई सवैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार