कांग्रेस पदाधिकारी बैठक सुरु


१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरुभएको छ । बैठक केही बेर अघि सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरुभएको हो ।

पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने बताइएको छ ।

बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।

आजको बैठकमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनबारे पनि छलफल हुनेछ । पार्टीको केन्द्रीय समिति वैठक भोली दिउँसो दुई बजे बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार