सुनको मुल्य घट्यो


१७ बैशाख, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकहजार एक सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले घटेर तोलामा ८९ हजार ९ सय रुपियाँमा कारोवार भईरहेको छ ।

तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार