धनगढीमा कोरोना संक्रमणका कारण थप तीनजनाका मृत्यु


१८ बैशाख, काठमाडौं । धनगढीमा कोरोना संक्रमणका कारण थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु हो ।

त्यस्तै धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार