लोक दोहोरी गीत ‘ज्यान जाला’ सार्वजनिक


१८ बैशाख, काठमाडौं । सञ्चारकर्मी तथा नवगायक हुकुम थापाको पहिलो लोक दोहोरी गीत ‘ज्यान जाला’ सार्वजनिक भएको छ । मौलिक लोक संस्कृति झल्कने उक्त गीतमा स्वरमा हुकुमालाई सुनीता बुढा क्षेत्रीले साथ दिएकी छिन् ।

नेपाली लोक संगीतको बजारमा मौलिकता झल्कने गीतको खडेरी परिरहेका बेला उक्त गीत लोक संस्कृतीमा आधारित भई तयार पारिएको छ ।

उक्त गीतमा लय तथा शब्द नेत्र अर्यालको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अर्जुन कुवँर,आयुष्मा कार्की लगायतको अभिनय रहेको छ । उक्त गीत नयाँ पाइला युटुब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार