ललितपुर सिटीेद्धारा प्रशिक्षक प्रदीप हुमागाई बर्खास्त


२० बैशाख,काठमाण्डौ ।ललितपुर सिटी एफसीले प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको छ । टीमको नेतृत्व गर्न असफल भएको भन्दै ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको हो ।

हुमागाईको बर्खास्तीसंगै अब सहायक प्रशिक्षक राजु तामाङले क्लबको नेतृत्व गर्नुहुने छ । चार खेलखेलेको ललितपुर केवल तीन अंकको साथ छैठौं स्थानमा छ।ललितपुर क्लबको स्वामित्व भट–भाटेनी सुपर मार्केटसंग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार