निषेधाज्ञा थप कडाई गर्ने सरकारको तयारी


२० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण दर बढिरहेकाले रोकथामका लागी निषेधाज्ञा थप कडाई गर्ने बताउनुभएको छ ।

सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको थप भयावह अवस्था निषेधाज्ञा थप कडा पार्ने बताउनु भएको हो । साथै उहाँले ठूलो अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने समेत बताउनु भएको छ ।

बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिन समेत बताउनु भयो । स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार