आईपिएलमा आज हैदराबाद र मुम्बई भिड्दै


२१ बैशाख,काठमाण्डौ । ईण्डियन प्रिमियरलिग आईपिएलमा आज (मंगलबार) सनराईजर्स हैदराबाद र मुम्बई ईण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । ७ खेल खेलेको मुम्बई ८ अंक सहित प्रतियोगिताको चौथो स्थानमा रहेको छ भने समान खेल खेलेको हैदराबाद २ अंककासाथ प्रतियोगिताको पुछारमा छ ।

हैदराबाद र मुम्बईबीचको खे दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राती पौने ८ बजे हुने छ । दील्ली क्यापिटल १२ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा छ भने १० अंककासाथ चेन्नेई सुपर किङ्स दोस्रो तथा रोयल च्यालेन्जर्स बेङ्लोर तेस्रो स्थानमा छ । यसअघि कोलकत्ताका दुई खेलाडीलाई कोरोना संक्रमण पाईएपछि कोलकत्ता नाईटराईडर्स र रोयल च्यालेन्जर्स बेङलोरबीचको खेल भने स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार