म्यानमारमा सैनिक शासन बिरूद्धको प्रशर्दनमा ८ को मृत्यु


२१ बैशाख,काठमाण्डौ ।म्यानमारमा सैनिक शासनको बिरूद्धभएको प्रशर्दनमा प्रहरीको गोली लागेर ८ प्रदर्शकारीको मृत्यु भएको छ भने सयौँ घाईते भएका छन । पछिल्ला दिनहरुमा सैनिक शासनबिरुद्ध म्यानमारमा प्रदर्शनकासाथै झडप भैरहेका छन । म्यानमारमा सैनिकले शासन हातमा लिएपछि राजनीतिक उथलपुथल भएको छ। सैनिकबिरुद्ध चर्का नाराबजीसहित हजारौ नागरिक सडकमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रण गर्न गोली चलाएको थियो । यसैबिच म्यानमारको बिद्रोही समुहले सैनिक हेलिकप्टरमा आक्रमण गर्दै हेलिकप्टर खसालेको दाबी गरेका छन । यसबिषयमा म्यानमारको सेनाले भने कुनै जवाफ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार