‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु, मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई’ -अमिक शेरचन



२१ बैशाख, काठमाडौं । गण्डकी प्रदेशका निबर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफु पदमुक्त हुदाँ जेलबाट मुक्त भएको जस्तो महसुुस भएको बताउनु भएको छ ।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उहाँले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको भन्दै अधिकारविहीन खुला जेलबाट मुक्त भएको जस्तो महसुस भएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’ सरकारले नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार