आजको मौसम : हल्का वर्षाको सम्भावना


२१ बैशाख, काठमाडौं । अहिले देशभरको मौसममा समान्य बदली रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

त्यसैले आज देशका केही पहाडी भु–भागमा मेघगर्जन,चट्याङ्ग ,हावाहुरी सहित हल्का बर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार