बाँकेमा हाल सम्म मृत्यु हुनेको संख्या १४१ पुग्यो


२१ बैशाख, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र ३ तीन पुरुष छन् ।

मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएकोमा सोमबार राति ११ः५० मा निधन भएकाबाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीले बताउनु भएको छ ।

त्यस्तै धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११ः ४० मा मृत्यु भएको छ ।

मंगलबार बिहान बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी पनि १९ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २० गते अस्पताल भर्ना भएकी थिइन् । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार