भारतमा राजनीतिक हिंसाः ११ को मृत्यु


२१ बैशाख,काठमाण्डौ । भारतको पश्चिम बंगालमा हालै सम्पन्न विधानसभाको निर्वाचन परिणाम आएसंगै भड्किएको राजनीतिक हिंसामा परी ११ जनाको ज्यान गएको छ । चुनाबी नतिजापछि भएको झडप र आगजनीका घटनामा परी ११ जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले लगातार तेस्रो पटकको चुनावमा ठूलो जीत हासिल गरेपछि रुष्ट रहेको भारतीय जनता पाटीर्का समर्थकहरुले आगजनी गर्दै नाराबाजी गरेपछि तृणमूलका कार्यकर्ताहरुसंग झडप भएको बताईएको छ ।

भाजपाका नेता कैलाश विजयवर्गीयले भने ममता बनर्जीको आदेशमा यो सबै भइरहेको आरोप लगाएका छन्। आइतवार सम्पन्न मतगणनामा तृणमुल कांग्रेसले २१३ सिट जितेको छ भने बिजेपीले ७७ सिटमा चित्त बुझाएको छ। कोरोनका कारण उम्मेद्वारको मृत्यु भएकाले एक स्थानमा निर्वाचन स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार