कोरोना संक्रमण भए के गर्ने ?


२१ बैशाख, काठमाडौं । कोरोना महामारीले यति बेला विश्व नै आतंकित भईरहेको छ । विश्वका कैयौ बिकसित राष्ट्रहरुमा समेत यो महामारीले भयाबह स्थितीको सिर्जना गरेको छ । छिमेकी देश भारत र हाम्रो देश नेपाल पनि यसबाट धेरै प्रभावित भईरहेका छन् ।

यहाँ कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । कोरोना भाईरस २०१९ को अन्त्यतिर चीनमा देखिएको थियो । यो भाइरस हाल विश्वभर नै त्रास उत्पन गराइरहेको छ । संक्रमित व्यक्तिले खोक्रदा, हाछ्यु गर्दा अर्को व्यक्तिमा सर्छ ।

सामान्यताःकोरोना भाइरस संक्रमित भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने , शरीर दुख्ने , सास फेर्न गाहे हुने, थकाइ लाग्ने लगायतका लक्षणहरु देखापर्छ । कोरोना भाइरस पूर्ण रुपमा निमूर्ल पार्न सक्ने अहिलेसम्म कुनै औषधीहरु बनि नसकेकोले हामी आफैँ सुरिक्षत हुन आवश्यक छ ।

आफैँ सुरीक्षत हुनको लागी हामीले घरबाहिर ननिस्कने, भीडभाडमा नजाने अर्थात सरकालरले जारी गरेको निषेधाज्ञाको पालना गर्नु पर्छ । आवश्यक काम परेर बाहिर निस्कनु परे पनि मास्क, पन्जाको प्रयोग गरी सामाजिक दुरी कायम गरी अन्य जनस्वाथ्यका मापदण्ड अपनाइ निस्कनुपर्छ ।

समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने , घरवरिपरि सफा राख्ने ,भीडभाडमा नजाने , हाछ्यु गर्दा वा खोक्रदा कुइनो वा रुमालले नाक छोप्ने कोरोनाका सामान्य लक्षण देखापरे नजिकैको स्वाथ्यचौकी वा क्लीनीकमा जाने लगायतका उपायहरु अपनाए हामी कोरोनाबाट सुरक्षित रहन सक्छौँ ।

कोरोना भाइरस संक्रमण भए के गर्ने त ?

सबैभन्दा पहिले त हामीले हाम्रो आत्मबल बलियो बनाउन आवश्यक छ । प्रर्याप्त मात्रामा पानी पिउने । सम्भव भएसम्म बेसार पानी, गुज्रो पानी, पिउने । आराम गर्ने, सकारात्मक सोँँच्ने , समयसमयमा खाना खाने , फलफुल , झोलिलो कुराहरु धेरै खाने।

सामान्य अवस्थामा छौँ भने होम क्वारेन्टाइनमा बस्ने धेरै गाहे भएको छ भने मात्र हस्पिटल जाने । डाक्टरको सल्लाह मान्ने , कोरोना संक्रमित हुँदैमा मरिन्छ भन्ने छैन् । हामीले आत्मबल बढाँउदै , जनस्वाथ्यका मापदण्ड अपनाउने हो भने हामी संक्रमण मुक्त हुन सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार