मेक्सिकोमा पुल भत्किदा २३ जनाको मृत्यु


२१ बैशाख,काठमाण्डौ ।मेक्सिकोमा पुल (ओभरपास) भत्किदा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । ७० भन्दा धेरै घाईते भएका छन ।सोमबार राती अचनाक पुल भाँचिएपछि गुडिरहेको रेल सडकमा खस्दा उनीहरुको मृत्यु भएको बताईएको छ ।

घाईतेमध्ये ७ जनाको अबस्था गम्भिर रहेको मेक्सिको शहरका मेयर क्लाउडिया शेनबमले जानकारी दिनुभयो । घटनास्थलबाट क्रेनको सहायतामा पुल र रेलले थिचिएको अबस्थामा मृतकको शब निकालिएको शेनबमले बताउनुभयोे । पुल भाँचिएपछि सवारी आवागमन बन्द भएको छ । पुलबाट सवारीका साधन झर्नसक्ने भएकाले हाललाई उक्त पुल सिल गरिएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार