आईपिएल अनिश्चितकालका लागी स्थगित


२१ बैशाख,काठमाण्डौ ।भारतीय क्रिकेट बोर्ड बीसीसीआईले २०२१ अन्तर्गतको इन्डियन प्रिमियर लिग (आईपीएल)को संस्करण स्थगित गरेको छ ।मंगलबार दील्ली क्यापिटल्सका अमित मिश्रा र हैदराबादका रिद्धीमान शाहमा कोरोना संक्रमण भेटिएपछि बीसीसीआईका उपाध्यक्ष राजिब शुक्लाले आकस्मिक बैठक राखेर आईपीएल स्थगित गर्नुभएको हो ।

देशको भावना र वर्तमान अवस्थालाई हेरेर आईपिएल बन्द गरिएको उहाँले बताउनुभयो । बीसीसीआइले जहिले पनि खेलाडीहरूको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै खेलाडीको स्वास्थ्य भन्दा ठूलो आईपिएल नहुने बताउनुभयो ।

आईपिएल अब कहिले हुन्छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो कोभिडको अबस्था हेरौँ सम्भवत हाँमी चाँडै भेट्छौ । यो संस्करण कसरी टुङ्ग्याउन सकिन्छ भन्ने निर्णय गर्छौ तर कहिले भन्ने टुङगो छैन । आईपिएल स्थगित भएपछि भारतीय पूर्ब क्रिकेटर कपिल देवले बीसीसीआईले गरेको निर्णय स्वागत योग्य भएको बताउनुभएको छ । यस्तै पूर्ब क्रिकेटर अतूल वासनले पनि कोरोना संकटका बीच यहि फैसला सहि भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार