तारा एयरले भोलिदेखि पोखरा-जोमसोम उडान गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । तारा एयरले प्रतिकूल मौसमका कारण बन्द गरेको पोखरा-जोमसोमको नियमित उडान भदौ १८ देखि नियमित गर्ने भएको छ। पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्न थालेकाले तारा एयरले नियमित उडान गर्न लागेको हो।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसौनी गर्ने छ। हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एअरपोर्टबाटै हुनेछ। 

मुस्ताङस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा छ। यस एअरपोर्टको लम्बाई ७३९ मिटर छ। 

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप-लुक्ला-रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्। 

यो सिजनका लागि तारा एयरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्