फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको दूरसञ्चार प्राधिकरणको भनाइ

  • ख-
  • ख+
K Shares

नेपालका टेलिफोन सेवाप्रदायकले प्रदान गर्दै आएको फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको देखिएको छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययन अनुसार प्रदेश १, मधेस र गण्डकी प्रदेशमा फोरजीभन्दा थ्रीजी र टुजीको सेवा गुणस्तरीय देखाएको छ ।

प्राधिकरणले परामर्शदाताबाट नौवटा सहर–गाउँका ६७ भन्दा बढी ठाउँमा अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा फोन तथा एसएमएस, इन्टरनेट, डाटा अपलोड–डाउनलोड, कभरेजलगायतको परीक्षण गरिएकामा अध्ययनले सेमेटेका कुनै पनि ठाउँमा फोरजीको गुणस्तर राम्रो नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्