
अब्रोड स्टडीको लागि विभिन्न देशहरू मध्य अहिले विद्यार्थीका लागि क्यानडा पहिलो प्राथमिकतामा परेको छ।
कोरोना महामारी पश्चात् क्यानडाले विद्यार्थीका लागि विभिन्न नीति ल्याए सङ्गै नेपाली विद्यार्थीहरू माझ क्यानडा लोकप्रिय बनेको हो । प्रवासी विद्यार्थीले पढ्न मात्र नभई रोजगारीको पनि अवसर पाउने भएकाले पनि युवा पुस्ता क्यानडा तर्फ आकर्षित भएको क्यानेडियन स्ट्डि सेन्टर, चितवनका सञ्चालक विशाल अधिकारी बताउछ्न।
‘क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि राम्रो सेवा सुविधा छ । अध्ययन शुल्क र ट्युसन फी सस्तो छ । आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकोले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुनसक्छ ‘ उनले बताए ।
क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य बढेको छ ।
क्यानडा भिसाको एउटा भरपर्दो माध्यमको रूपमा चिनिएको क्यानेडियन स्ट्डि सेन्टरले विगत १५ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ भित्र नयाँ बानेश्वर , सेतोपुल, मैतीदेवी, बागबजार अनि काठमाडौँ बाहिरबाट चितवन, बुटवल लगायत नेपालका विभिन्न स्थानबाट क्यानेडियन स्ट्डि सेन्टरले सेवा प्रवाह गर्दै आएको छ।
क्यानडा स्टडी सेन्टरको माध्यमबाट हालसम्म ५ हजार भन्दा बढी विद्यार्थी क्यानडा प्रस्थान गरी सकेका छन् क्यानेडियन स्ट्डि सेन्टर, चितवनका सञ्चालक विशाल अधिकारीले क्यानडा स्टडी सेन्टरले अध्ययन भिसामा क्यानडा जान इच्छुक विद्यार्थीहरूलाई डकुमेन्टेशन, भिसा गाइडेन्स मात्र नभई चितवनबाटै आइ एल टि एस , पि टि इ क्लास लगायतका सेवा प्रधान गर्दै आएको जानकारी दिए।
क्यानडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अङ्ग्रेजी भाषा परीक्षा आइ एल टि यस को प्रत्येक मोड्यलुमा कम्तीमा ६ र औसतमा ६.५ वा पि टि इ परीक्षाको प्रत्येक मोड्यलुमा कम्तीमा ५५ र औसतमा ५८ भन्दा बढी अङ्क ल्याएको भए सन २०२३ इन्टेकको लागी नेपाली विद्यार्थीले डिप्लोमा, ब्याच्लर्स ,पोस्ट ग्र्याजुएसन र मास्टर्स लगायतका कोर्सका आवेदन दिन पाइन्छ ।
बजारमा डिप्लोमा पढ्न जाँदा भिसा नदिने हो कि भन्ने अन्योल पनि हुन्छ । मास्टर्स डिग्री हासिल गर्न जाँदा खर्च धेरै लाग्छ भन्ने पनि जिज्ञासा सुनिन्छ । तर, यी सबै निराधार हल्लाहरू हुन्। नेपालमा निश्चित अध्ययन तह पुरा गरी काम गर्दै आइरहेका वा ग्याप भएका विद्यार्थीहरूले पनि क्यानडा अध्ययन भिसा आवेदन दिन सक्नेछन् ।
सबै कागजातहरू राम्रोसँग मिलाएको र प्रक्रिया पुरा गरेको खण्डमा क्यानडाको भिसा पाउन गाह्रो छैन । क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ । अध्ययनको क्रममा ग्याप हुनुहुँदैन । एक वर्ष कोर्स ट्युसन फी पहिले नै तिर्ने र आवश्यक कागजातहरू राम्रोसँग तयार गर्न सके क्यानडाको लागि भिसा सजिलै लाग्छ ।
कति खर्च लाग्छ ?
क्यानडा जान लाग्ने खर्च विद्यार्थीले रोज्ने कोर्स र युनिभर्सिटी वा कलेज अनुसार फरक पर्ने गर्दछ । सामान्यतः क्यानडा अध्ययनका लागि जान १८ देखि २२ लाख खर्च लाग्छ । क्यानडामा अध्ययन पछि विद्यार्थीले पाउने पोस्ट ग्र्याजुएसन वर्क पर्मिट अन्तर्गत विद्यार्थीले फुल टाइम काम गर्न पाउने व्यवस्था छ। त्यस्तै अध्ययन गरी रहेका विद्यार्थीले २० घण्टा र बिदाको समयमा ४० घण्टा काम गर्न पाउने व्यवस्था गरिएको छ।
क्यानडा विद्यार्थीका लागि अन्य देशको तुलनामा सस्तो अनि भरपर्दो गन्तव्य बनी रहेको छ। सेटलमेन्टका लागि क्यानडा राम्रो देश हो । विदेशमा नै स्थायी रूपमा बसोबास गर्न चाहनेका लागि क्यानडा राम्रो गन्तव्य हुन सक्छ । त्यहाँ गएको तीन देखि पाँच वर्ष भित्र पिआर प्राप्त गर्न सकिन्छ । बसोबासका लागी अनुकूल मौसम र पढाइसँगै पाइने कामको अवसरले पनि क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।
यति मात्रै होइन सर्वसुलभ खर्चमा उत्कृष्ट शिक्षा, उपयुक्त छात्रवृत्ति र सस्तो ट्युसन फी पनि क्यानडा रोज्नुपर्ने कारण भएको देखिन्छ । पछिल्लो समय धेरैको रोजाइमा परेको देश क्यानडा पठाउने थुप्रै कन्सल्टेन्सी पनि बजारमा देखिएका छन्, तर सबलै सही परामर्श दिन्छन् भन्ने हुँदैन, त्यसैले कोही पनि विद्यार्थी झुकिएर वा ठगिएर क्यानडा नपुग्न एक पटक सबै प्रक्रिया बुझ्न र भरपर्दो र अनुभव भएका कन्सलटेन्ट्हरुको परामर्श लिन जरुरी हुन्छ ।