
राज्यसंयन्त्रको निरिहतापूर्ण व्यवहारले गर्दा विद्यालयहरु बालबालिकालाई यातना दिने थलो बन्दै जादैछन ।
विशेषगरी निजीस्तरमा सञ्चालित विद्यालयहरुमा बालबालिकालाई अनुशासनका नाममा चर्को यातना दिने र घटना बाहिर आउने भयले निशुल्क पढाइदिने प्रलोभनमा घटना सामसुम पर्ने प्रवृत्ति मौलाउदो छ ।
बालबालिका सम्बन्धी बनेको नेपालको कुनैपनि ऐन, कानुन, कार्यविधि, निर्देशिका नियमावली कही कतै पनि बालबालिकाहरुलाई दन्ड सजाय यतना दिने व्यवस्था गरेको छैन । सबै बालबालिकाहरुलाई बालमैत्री वातावरणमा विद्यालयमा शिक्षा दिनुपर्ने र बालबालिकालाई हुर्काइको क्रममा पनि अभिभावकले बालमैत्री वातावरण दिनुपर्ने ऐन कानुनमा व्यवस्था गरिएको छ ।
बालबालिका सम्बन्धी बनेका ऐन कानुनलाई नै चुनौति दिनेगरी पछिल्लो समयमा बालबालिकामाथी वयष्कहरुको व्यापक दमन बढिरहेको छ । यसरी बालबालिकामाथी हुने गरेका यातनापूर्ण व्यवहारलाई सम्बन्धित निकायले जहिलै बेवास्ता गरिरहेको छ ।
ललितपुरस्थित लिटिलस्टार इङलिसका प्रिन्सीपलले बालकलाई मरणसन्न हुनेगरी पिटेको घटना बाहिरीयो । यसैगरी म्याग्दीस्थित बेनीबजारको प्रकाश माध्यामिक विद्यालयमा पनि कक्षा १० मा अध्ययन गर्ने बालकले मरणसन्न हुनेगरी पिटाइ खाए । झापाको विर्तामोड नगरपालिकास्थित सुनगाभा इङलिस बोर्डिङ स्कूलका एक विद्यार्थीले गृहकार्य नगरेको निहुमा मरणसन्न हुनेगरी पिटाइ खाए । ललितपुरस्थित युनाइटेड एकेडेमीका केही विद्यार्थीहरुलाई अनुशासनका नाममा यातना दिन काम गरियो । पोखरास्थित एक संस्थागत विद्यालयका संस्थापक प्रिन्सीपलले विद्यार्थीले उपद्रो गरेको निहुमा निलडाम हुनेगरी पिटे ।
उक्त शिक्षकको नाम लिने वित्तिकै ती पिटाइखाने विद्यार्थी तरसिने गरेको गुनासो लिएर अभिभावक प्रहरी कार्यालयदेखि विद्यालय प्रशासनको ढोका ढकढकयाउन पुगेपनि सम्बन्धित निकायले बेवास्ता गरिरहयो ।
बालबालिकाहरुले घरमा अभिभावकबाट र विद्यालयमा शिक्षकबाट निरन्तर रुपमा पिटाइ खाइरहेका छन । बालबालिकाहरुको विविधतापूर्ण व्यवहारलाई स्वीकार गर्नु नसक्ने अभिभावक तथा शिक्षकहरुबाट बालबालिकाहरुले भोग्दै आएको यातनापूर्ण व्यवहारमा सरोकार राख्ने निकाय नै बेखबर बन्नु निकै दुखद विषय बन्दैछ ।
बालसंरक्षणका लागि चर्का नारा लगाउनेहरु पनि बालबालिकाहरुले भोगेको यातनामा मौन हुदैछन । बालबालिकाहरुको भावनाहरुलाई बुझेर पनि बेवास्ता गर्ने वयष्कहरुको जमात समाजमा निकै ठूलो भएको छ । बालबालिकाहरुलाई पिटेर यातना दिएर ठिक पार्नुपर्छ भन्ने मानसिकता बोकेकाहरुको जमात समाजमा रहुन्जेल बालबालिकाहरुले यातना भोगिरहेको पक्का नै छ ।
केही देखिने घटनाबाहेक बालबालिकाहरुले पलपलमा अभिभावकहरुबाट पिटाइ खाइनै रहेको पाइन्छ । बालबालिकाहरुले कती यातना भोगेका छन भन्ने सरकारी तवरमा तथ्याङ पाउन निकै मुस्कील छ ।
युनिसेफ नेपालले आफ्नो वेबसाइटमा प्रकाशन गरेको अवस्थालाई हेर्ने हो भने नेपालमा १ देखि १४ वर्षसम्मका ८० प्रतिशत भन्दा धेरै बालबालिकाले अनुशासनका नाममा आफ्ना अभिभावक तथा शिक्षकबाट कुनै न कुनै हिंसाबाट प्रभावित भएको देखिन्छ । ७० प्रतिशत बालबालिकालाई मनोबैज्ञानिक आक्रोस पोखिने गरेको छ भने आधा भन्दा धेरै बालबालिकालाई भौतिक सजाय दिने गरिएको छ । जस मध्ये १४ प्रतिशत बालबालिकाहरुले कडा किसिमको भौतिक सजाय पाउने गरेको तथ्याङकले बताउछ ।
बालबालिकाहरु स्वभावैले जिज्ञासु हुन्छन चकचके हुन्छन सबै बालबालिकाहरुको बानी र व्यवहार फरकफरक हुन्छ । उनीहरुका लागि हरेक कुरा नयाँ र अनौठा हुन सक्छन बालबालिकाहरुको कतीपय स्वभाव र बानीहरु अभिभावक निरपेक्ष हुन्छन भन्ने कुरा सबै अभिभावक तथा शिक्षकहरुले कहिले मनन गर्ने ?
कतिपय बालबालिकाहरुको हुकाईमा परिवारले निर्माण गर्ने वातावरणमा निर्भर हुन्छ भने कतीपय बालबालिका परिवारको वातावरण भन्दा पृथक तरिकाले पनि हुर्किनेगरेको पाइन्छ । यो सबै बालबालिकामा हुने पृथक व्यवहार र विविधतायुक्त बानीलाई नजिकबाट नियाल्नका लागि अभिभावक तथा शिक्षकरु चुकिरहेको अहिलेका घटनाक्रमले देखाइरहेको छ ।
बालबालिकाहरुलाई मायाममतासहित सबै तवरबाट सुरक्षाको प्रत्याभूत गराउने उनीहरुका कुरालाई ध्यान दिएर सुन्ने र राम्रो नराम्रो छुटयाइदिने साथै उनीहरुको भवना र विचारलाई सम्मानस्थान दिने बानीको विकास प्रत्येक परिवारबाट सुरु गर्नुपर्दछ भन्ने कुराको ख्याल कहिले गर्ने ?
आफ्ना बालबालिकाहरुलाई भविष्यको सारथी मान्ने बुढेसकालको सहयोगी ठान्ने र आजका बालबालिका भोलिका देश विकासका धरोहर भन्नेहरुले बालबालिकाहरुको हुकाईमा बालमैत्री वातावरण दिनुपर्छ भन्ने चाही किन विर्सिएको ? विद्यालय शिक्षाको मन्दिर हो जहा बालबालिकाहरुले बालबालिकासापेक्ष वातावरणमा निर्धक्क शिक्षा हासिल गर्न पाउनु पर्दछ । त्यसैले बालबालिकाहरुलाई अनुशासनको नाउमा यातना दिनु अमानवीयताको परकाष्ठ नै हो ।
संविधानको धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । धारा ३९ को उपधारा ७ मा भनिएको छ कुनै पनि बालबालिकालाई घर विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
त्यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा २ (घ) र (ङ) मा बालबालिकालाई घर विद्यालय वा जुनसुकै स्थानमा शारीरिक मानसिक कुनैपनि किसिमको दन्ड सजाय दिन अमर्यादित व्यवहार गर्न आतंकित पार्न धम्कयाउन तिरस्कार गर्न भेदभाव गर्न घृणा गर्न नपाइने व्यवस्था प्रष्ट छ ।
बालबालिकासम्बन्धी कसुर गर्नेलाई ५० हजार देखि ७५ हजारसम्म जरिवाना र एकदेखि तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था कार्यान्वयनमै रहेको छ ।
यसरी कानुनी रुपमा बालबालिकाहरुमाथी हुने कुनैपनि दन्ड सजाय वर्जित हुदाहुदै बालबालिकाहरुले वयष्कबाट यातनापूर्ण व्यवहार भोग्नु गम्भीर चुनौति देखिदैछ ।
निजी विद्यालयको छाता संघगठन प्याप्सनलाई बोलाएर निजी विद्यालयलाई बालबालिकाको यातना दिने थलो बनाउन बन्द गर्नु भने राज्यका जिम्मेवार निकायले किन नभन्ने ? सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर विद्यालयमा कुनैपनि बालबालिकाहरुले यातना कुटाइ खानु हुन्न भनेर सरोकार राख्ने राज्यका जिम्मेवार निकायले निर्देशन किन नदिने ?
बालबालिकाहरुलाई कुनै पनि अभिभावकले अनुशासनका नाममा पिटन नपाइने यदि कुनै बालबालिकाहरुलाई अभिभावकले पिटेको अवस्थामा कानुनी सजायको भागीदार हुनुपर्ने कुराको व्यापक रुपमा राज्यले प्रचार प्रशार किन नगर्ने ? कानुनी शासनको प्रत्याभूत गराउने जिम्मेवारी निकाय राज्य हो की हैन ? के बालबालिकासम्बन्धी कानुन कागजका खोष्टा मात्र हुन ?
बालबालिकाहरुलाई पिटनु पर्छ यातना दिएर अनुशासनमा ल्याउन सकिन्छ बालबालिकाहरुलाई पिटेको अवस्थामा आफू अनुकूल हुन्छ भन्ने कुरा नेपालको कुन कानुनमा व्यवस्था छ ? वर्तमान अभ्यासलाई हेर्ने हो भने पनि पिटेर भन्दा नपिटी नै बालबालिकाहरुलाई सही मार्ग निर्देश गर्न सिकिने उदाहरण छरपष्ट छन ।
बालबालिकाहरुलाई कुनै शारीरिक यातना बिना नै सही ठाउमा ल्याउन सकिने बालमनो विज्ञहरुको दावी छ । बालबालिकाहरुलाई पिटदा यातना दिदा उनीहरुको मानसपटलमा नकारात्मक असर गर्ने र विद्रोही भावना जागृत हुने कुरा विभिन्न अध्ययनहरुबाट आएको छ । बालबालिकाहरुले भनेका सबै ठिक हुन्छन उनीहरुले चाहेको सबै पूरा गर्नुपर्छ भन्ने हैन तर उनीहरुले लिएको गलत व्यवहारलाई सम्झाएर बुझाएर उदारहणबाट अनेक जुक्ती लाएर कुनै यातना नै नदिइ सही मार्गमा ल्याउन सकिन्छ भन्ने कुरा बालव्यवहार विज्ञहरुको छ ।
गृहकार्य नगर्दा विद्यार्थीलाई मरणसन्न हुनेगरी पिटनेले के कती कारणले गृहकार्य गर्न सकेन भन्ने विषयको खोजी कहिलै हुदैन । आफूले भनेजस्तो आफ्ना बालबालिकाहरुले गरेनन भनेर पिटने अभिभावकले के कती कारणले मेरो बालबालिका आफूले चाहेजस्तो भएको छैन भन्ने कुराको खोजीमा कहिलै लाग्दैनन । यही र यिनै गैरजिम्मेवारपूर्ण व्यवहारको पासोमा परेर तमामा बालबालिकाहरुले यातनाजन्य व्यवाहार भोगिरहेका छन ।
बालबालिका भोलीको समृद्धिको सम्वाहन भनेर बुझने कोसिस गर्नु सबैको दायित्व हो । हामीलाई अरुकसैले ठूलो स्वरमा बोल्दा कसैले पिटदा जति चित्त दुख्न हामी अविचलित हुन्छौ कयौ दिनसम्म रिसमा डुबेर बस्छौ भने हामीले बालबालिकाहरुलाई पिटदा यातना दिदा पनि उनीहरुको मानस पटलमा त्यस्तै असर गर्छ भन्ने कुराको ख्याल हुन जरुरी छ ।