डेङ्गी सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

  • ख-
  • ख+
K Shares

नेपालमा डेङ्गी सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

७७ वटै जिल्लामा फैलिएको डेङ्गी सङ्क्रमणका कारण ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ४२ हजार ५ सय ४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

यो वर्ष गत साउन महिनामा पहिलोपटक देखिएको डेङ्गी सङ्क्रमण दर बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्