
काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेट भएको छ।
जम्मकट्टेल प्रधानमन्त्रीलाई भेट्न आज बिहान उनको सरकारी निवास बालुवाटार पुग्नुभएकाे हाे ।
भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाइ आदानप्रदान भएको छ। यस्तै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रचण्डले बुधबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई भेट्नुभएकाे थियाे।