
काठमाडौं, २८ पुस । विभागीय टोली एपीएफ क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा कृष्ण एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
एपीएफले कृष्णलाई २५–४,२५–६ र २५–३ ले हराएको हो । यस जितसँगै समूह ’बी’ को एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले गण्डकीलाई हराएको थियो ।