सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्