हिम पहिरोमा कम्तीमा ८ जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

बेइजिङ—तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको न्इङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  चीन सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको छ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । हिम पहिरोमा कति मानिस हराइरहेका छन् भन्ने बारेमा यकिन हुन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्