इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

जेरुसेलम, १५ माघ।वेस्ट बैंकमा इजरायली सेनाले१० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विस्फोटपछि  सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो ।

९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ ।

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ ।  प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्