प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले ओरालाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, ५ चैत । प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो लागेको छ ।

नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्