वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डकाे दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, १८ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रमा नेपाललाई विश्वकै हव बनाउन सकिने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभएको हो ।

उहाले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरुमा आफुले सदैव सहभागीता जनाउने धारणा राख्नुभयो । उहाले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाएर तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

पछिल्लोसमय नेपालले खेलकुद प्रतियोगितामा सफलता हासिल गरेको भन्दै उहाले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगाएतले खेल क्षेत्रको पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्