नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडौं, ८ जेठ । सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।  आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्