भारतभर फैलोयो दिल्लीको आन्दोलन:- पटनामा विद्यार्थीहरूको उग्र प्रदर्शन: प्रहरीद्वारा बल प्रयोग, सञ्चारकर्मी घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार देशभर प्रदर्शन भाको छ । बिहारको राजधानी पटनामा निकालिएको विद्यार्थी मार्च उग्र बनेको छ। ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ को नेतृत्वमा गान्धी मैदानबाट राजभवनतर्फ अघि बढेको प्रदर्शनलाई जेपी गोलम्बरमा प्रहरीले रोकेपछि दुई पक्षबीच झडप भएको हो।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रहरी कारबाहीका बाबजुद आन्दोलनकारीहरूले ढुंगामुढा गर्दै डाक बंगला चौराहासम्म आफ्नो मार्च अघि बढाएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गोदी मिडिया गो ब्याक’ भन्दै चर्को नाराबाजी गरेका थिए। यसैबीच भीडको चपेटामा परेर केही सञ्चारकर्मीहरू घाइते भएका छन्, जसलाई पछि सुरक्षित रूपमा उद्धार गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्