किभमा रुसी क्षेप्यास्त्र आक्रमण :  १४ जनाको मृत्यु, २२ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

किभ । रुसले बुधबार बिहान युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

बुधबार मध्यरातपछि रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत ठुलो आक्रमण गरेको छ । किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोले रुसले फेरि एक पटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन् ।

आक्रमणका क्रममा एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । क्षेप्यास्त्रहरूले किभ सहर तथा आसपासका क्षेत्रमा रहेका आवासीय भवन र गोदामहरूमा क्षति पुर्‍याएको सैन्य प्रशासनले जनाएको छ ।

ट्काचेन्कोका अनुसार बोरिस्पिल जिल्लामा ९ जना, बुचा जिल्लामा ४ जना र फास्टिभ जिल्लामा १ जनाको मृत्यु भएको छ । यससँगै आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । साथै, धेरै व्यक्ति घाइते भएका छन् ।

किभका मेयर भिटाली क्लिच्कोले शहरको केन्द्रमा भएका आक्रमणपछि केही मानिस भग्नावशेषमा फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

किभ सैन्य प्रशासनले रुसले जानाजानी सर्वसाधारण र नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ । यस घटनाबारे रुसले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । पछिल्ला केही सातायता रुसले किभमाथिको आक्रमण तीव्र बनाएको छ ।

अर्कोतर्फ, युक्रेनले पनि रुसका ऊर्जा पूर्वाधार तथा अन्य नागरिक संरचनामाथि ड्रोन आक्रमण बढाएको छ । हालै मस्को क्षेत्रमा रहेको वाइल्डबेरीज कम्पनीका गोदामहरूमा भएको आक्रमणमा ५ जनाको मृत्यु र १० जना घाइते भएका थिए ।

त्यसअघि रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा समुद्री किनारमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु र ५८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका थिए । यसैबिच, युक्रेनले खेरसन क्षेत्रमा एक व्यक्तिलाई ड्रोनले पछ्याएको देखिने भिडियो सार्वजनिक भएपछि त्यसलाई सर्वसाधारणलाई लक्षित गरिएको सिकार र सफारी जस्तो आक्रमण भन्दै कडा विरोध जनाएको छ ।

दुवै पक्षले नागरिकलाई जानाजानी निशाना नबनाएको दाबी गर्दै आएका छन् । यसैबिच, युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न थप अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराइदिन आफ्ना सहयोगी राष्ट्रहरूसँग पुनः आग्रह गरेको छ ।किभ । रुसले बुधबार बिहान युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

बुधबार मध्यरातपछि रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत ठुलो आक्रमण गरेको छ । किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोले रुसले फेरि एक पटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन् ।

आक्रमणका क्रममा एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । क्षेप्यास्त्रहरूले किभ सहर तथा आसपासका क्षेत्रमा रहेका आवासीय भवन र गोदामहरूमा क्षति पुर्‍याएको सैन्य प्रशासनले जनाएको छ ।

ट्काचेन्कोका अनुसार बोरिस्पिल जिल्लामा ९ जना, बुचा जिल्लामा ४ जना र फास्टिभ जिल्लामा १ जनाको मृत्यु भएको छ । यससँगै आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । साथै, धेरै व्यक्ति घाइते भएका छन् ।

किभका मेयर भिटाली क्लिच्कोले शहरको केन्द्रमा भएका आक्रमणपछि केही मानिस भग्नावशेषमा फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

किभ सैन्य प्रशासनले रुसले जानाजानी सर्वसाधारण र नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ । यस घटनाबारे रुसले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । पछिल्ला केही सातायता रुसले किभमाथिको आक्रमण तीव्र बनाएको छ ।

अर्कोतर्फ, युक्रेनले पनि रुसका ऊर्जा पूर्वाधार तथा अन्य नागरिक संरचनामाथि ड्रोन आक्रमण बढाएको छ । हालै मस्को क्षेत्रमा रहेको वाइल्डबेरीज कम्पनीका गोदामहरूमा भएको आक्रमणमा ५ जनाको मृत्यु र १० जना घाइते भएका थिए ।

त्यसअघि रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा समुद्री किनारमा भएको ड्रोन आक्रमणमा ७ जनाको मृत्यु र ५८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका थिए । यसैबिच, युक्रेनले खेरसन क्षेत्रमा एक व्यक्तिलाई ड्रोनले पछ्याएको देखिने भिडियो सार्वजनिक भएपछि त्यसलाई सर्वसाधारणलाई लक्षित गरिएको सिकार र सफारी जस्तो आक्रमण भन्दै कडा विरोध जनाएको छ ।

दुवै पक्षले नागरिकलाई जानाजानी निशाना नबनाएको दाबी गर्दै आएका छन् । यसैबिच, युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न थप अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराइदिन आफ्ना सहयोगी राष्ट्रहरूसँग पुनः आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्