राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२० कात्तिक, काठमाडौं । बिचौलिया-न्यायालय कनेक्सन, प्रहरी प्रमुखको बर्खास्ती,सत्तारुढ दलभित्रको कलहलगायतका घटनाले राष्ट्रिय राजनीति तरंगित भैरहेका बेला सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अधिवेशन आह्वान गर्न माग गरिरहेका बेला सभामुख अर्याल शीतल निवास पुगेका हुन् ।

भेटमा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्