बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।

विभागले हाल दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने बताएको छ ।

मौसम विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो । शुक्रबार बिहान साढे ८ बजेसम्म पनि उक्त प्रणाली सोही क्षेत्रमा सक्रिय थियो ।

उक्त न्यून चापीय क्षेत्र उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ । यो प्रणाली आज (शनिबार)सम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्नेछ ।
त्यसपछि आइतबार बिहानसम्म थप विकसित भएर न्यून चापीय क्षेत्रबाट डिप्रेसनमा परिणत हुने र सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने मौसम विभागको अनुमान छ ।

मौसम विभागले मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्