पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पाँच वर्ष राजनीतिमा प्रतिबन्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २३ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।

आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ ।

खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैन ।

खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार तीन वर्षको जेल सजाय तोकेको छ ।

खान अहिले जेलमा छन् । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता खान सन् २०१८ को मे मा प्रधानमन्त्री बनेका थिए ।

खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् २०२२ अप्रिल १० मा पदमुक्त भएका थिए ।

खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरु राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

अहिले पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्