चीन जाने पर्यटकको अब कोरोना परीक्षण अनिवार्य नहुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं ,१२ भदौ । अबदेखि चीन भ्रमणमा जाने पर्यटकहरुले कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण गर्ने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाएको जानकारी दिए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा देखा पर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा वाङ यीले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्