पुर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

बेइजिङ, १० कार्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।

सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो ।

पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका उहाँ अर्थनीतिको जानकार पनि हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्