काठमाडौं, २ असार । नवौं सिन्धुकप फुटवल प्रतियोगीताको उपाधि टोखा भगवती युथ क्लवले जितेको छ ।
सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटवल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लवले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
उपाधि टोखा भगवती युथ क्लवले रु दुई लाख, मेडल र ट्रफि हात पारेको छ भने उपविजेता काभ्रे फुटवल संघले १ लाखमा चित्त बुझाएको छ । बिजेता–उपबिजेता लगाएतका टोलीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सिन्धु स्पोट्र्स क्लवको आयोजनामा भएको प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको थियो ।





